back
NMB ad

कर्मचारी अभावले लाइसेन्स नवीकरण हुन सकेन, ‘अधिकार पायो तर कर्मचारी आएनन’

Kumari bank ad

काठमाडौं । कर्मचारी अभावले लाइसेन्स नविकरण हुन सकेको छैन । बन्दीपुर गाउँपालिका १ चिसापानी डुम्रेस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी कर, रुट इजाजत लिन, सवारीसाधन आयकर अशुल गर्दै आएको छ । यस कार्यालयबाट लाइसेन्स नवीकरणको काम गर्ने अनुमति पाएको छ ।

गण्डकी प्रदेश सरकारको भदौ २५ गते बसेको मन्त्री स्तरीय निर्णयले यस कार्यालयबाट लाइसेन्स नवीकरणको काम गर्न अनुमति दिइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्णय गरेपनि कर्मचारी नपठाउँदा लाइसेन्स नवीकरणको काम भने गर्न सकेको छैन ।

कार्यालयमा लाइसेन्स नवीकरणका लागि पुगेका सेवाग्राहीको काम हुन सकेको छैन । यातायात व्यवस्था सेवा कार्यालयले कम्प्युटर अपरेटर नहुँदा नवीकरणको काममा समस्या भएको जनाएको छ ।

कार्यालयमा लाइसेन्स नवीकरणको कामका लागि कम्प्युटर अपरेटरको अभावले गर्दा नवीकरण गर्न आएका सेवाग्राही फर्किन बाध्यता छन । सवारी कर, सवारी इजाजत नविकरण, रुट इजाजत लिन, सवारी साधन आय कर तिर्न सकिने कार्यालयलाई लाइलेन्स नवीकरण गर्न पाउने अधिकार दिइएको छ । ‘अधिकार पायो तर कर्मचारी आएनन’, कार्यालय प्रमुख विश्वकुमार श्रेष्ठले भन्नुभयो, ‘लाइसेन्स नवीकरणको लागि कम्प्युटर अपरेटर चाहिन्छ ।

हामीसँग कम्प्युटर अपरेटरको काममा दख्खल भएको कर्मचारी छैन । काम गर्न समेत सकिएको छैन ।’ कर्मचारी नआएकोले कम्प्युटर अपरेटरको तालिम लिनको लागि एक जना कर्मचारी खटाउने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । ‘करारमा कर्मचारी राख्ने अधिकार हामीसँग छैन ।

विभागले पनि कर्मचारी पठाउन सकेका छैनन’, श्रेष्ठ भन्नुभयो,’अनलार्नबाटै काम गर्नुपर्ने हुन्छ । अपरेटरको काम गर्नका लागि यहाँ भएका कर्मचारीमा त्यस्तो दख्खल छैन । त्यसैले काम गर्न सकेका छैनन ।’

कार्यालयमा हाल ८ जनाको दरबन्दी रहेको छ । काम थपिए पनि दरबन्दी भने थप नभएको उहाँले बताउनुभयो । सरकारको नीति तथा निर्णय बमोजिम दिनानुदिन बढ्दै गएको सवारीको चापलाई व्यवस्थित गर्न, सेवाग्राहीलाई सर्वसुलभ तथा सहज रुपबाट सेवा प्रवाह गर्न डुम्रेमा कार्यालय स्थापना गरिएको हो ।

डुम्रेमा कार्यालय स्थापना हुँदा यातायात कार्यालयहरूमा देखिएको भिडलाई केही हदसम्म सहज रुपमा सेवा प्रदान गर्न मद्दत पु्गेको छ । यहाँ कार्यालय स्थापना भएपछि विशेष गरी तनहुँ लगायत लमजुङ, मनाङ, गोरखा, चितवनको मुग्लिन, कुरिनटार, धादिङका केही भाग र तनहुँको कोत्रेसँग जोडिएको कास्कीको क्षेत्रलाई सेवा दिन सहज भएको छ ।

हाल दैनिक कम्तिमा १०० देखि १५० जना सेवाग्राही आउने गरेको कार्यालयका अधिकृत कमल कँडेलले जानकारी दिनुभयो । डुम्रेबाट सम्पूर्ण सेवा दिइने भएपछि सेवाग्राहीको चाप भने बढ्नेछ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार २०:१२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...