काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बितरण हुन नसकेको हकप्रद सेयर भोलीदेखि लिलामी गर्ने भएको छ ।
गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये अवितरित सेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।
चुक्तापुँजी रु ११ करोड ४ लाख ५७ हजार ५०० मूल्यबराबरको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर सेयरधनीहरुका लागि बिक्री खुला गरेकोमा ५६ हजार ५६१ कित्ता सेयर विक्री हुन सकेको थिएन ।
बितरण हुन नसकेको १ः१ अनुपातको सोही सेयर लिलामीमार्फत बिक्री गर्न लागेको संस्थाले जनाएको छ । सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित उक्त सेयर किन्न चाहने लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २ हजार ५०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन ।
संस्थाले न्यूनतम प्रतिशत १०० दर राखेको हुँदा लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गरी भदौ ५ गतेसम्म गोप्य बोलपत्र पेस गर्नुपर्ने छ । सो हकप्रद बिक्रीपछि संस्थाको चुक्तापुँजी रु २२ करोड ९ लाख १५ हजार पुग्नेछ ।
२०७६ असोज २७ गते प्रकाशित
वि.सं.२०७६ असोज २७ सोमवार ०९:३९ मा प्रकाशित