back
NMB ad

एनआरएनएको नवौं महाधिवेशनका लागि १५ सय प्रतिनिधि काठमाडौंमा

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भोलिबाट सुरु हुँदैछ । उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि संघले जनाएको छ ।

सम्मेलको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन । संघको आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन ।

संघले आज पत्रकार सम्मेलन गरेर महाधिवशेनको तयारी पूरा भएको स्पष्ट पारेको छ । विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं अआईसेका छन ।

सम्मेलनमा प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिने जानकारी गराइएको थियो ।

दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन ।

एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन। संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए ।

गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...