back
NMB ad

शिव श्रीको आइपीओमा ४ लाख ९० हजार ३४० कित्ताका लागि आवेदन

Kumari bank ad

काठमाडौं ।  शिव श्री हाइड्रोपावको आइपीओमा संगठित संस्थाहरुले समेत आवेदन दिन सक्ने भएका छन । यस आइपीओमा न्यून आवेदन परेपछि संगठित संस्थाहरुले समेत भर्न पाउने व्यवस्था गरिएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाहरुले असोज २५ गतेदेखि नै आवेदन दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।

तर शनिबार र आइतबार सार्वजनिक विदा भएकाले वास्तविक रुपमा भने सोमबारबाट यसमा आवेदन दिन संस्थागत लगानीकर्तालाई सजिलो भएको छ । मेरो सेयरबाट भने विदाको दिन पनि आवेदन दिन सकिन्छ ।

यो आइपीओमा सोमबार ४ बजेसम्ममा ४ लाख ९० हजार ३४० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १० हजार १११ जना आवेदकले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन।

यसआधारमा अझै २८ लाख ६० हजार ८०० कित्तामा आवेदन पर्न बाँकी रहेको देखिन्छ । शिव श्री हाइड्रोपावरले असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।चालु आर्थिक वर्षमा शिव श्री आइपीओ बिक्री गर्ने पहिलो कम्पनी हो । यो आइपीओ अब कात्तिक १५ गतेसम्म भर्न सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । शिव श्री हाइड्रोपावरको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ ।

यसको प्रतिमेगावट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ हुन आउँछ । लगानी फिर्ता हुने अवधि ९.५९ वर्ष रहेको छ र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २१.९५ वर्षको हुनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...