back
NMB ad

शिक्षक बन्न अब विषयगत परीक्षा, आयोगको नियमावलीमा संशोधन

Kumari bank ad

काठमाडौं । स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुुई सय पुर्णाङ्कको परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा २० औँ संशोधन गरेर सामान्य र विषयगत गरि दुई सय पुर्णाङ्कको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो ।

एक सय पुर्णाङ्कको सामान्य परिक्षा उत्तिर्ण गरेपछि मात्रै एक सय पुर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावलीको संशोधनमा उल्लेख छ ।

यसअघि स्थायी शिक्षक बन्न एक सय पुर्णाङ्कको परीक्षामात्र लिइन्थ्यो । दुई चरणको परीक्षामा सफल उम्मेदवारले मात्र २५ पुर्णाङ्कको अन्तर्वार्तामा सहभागी हुन पाउने शिक्षा मन्त्रालयले जनाएको छ ।

लोकसेवाले स्थायी कर्मचारी नियुक्ति गर्ने विभिन्न चरणमा परीक्षा सञ्चालन गर्छ । सक्षम शिक्षक छनोटका लागि सामान्य र विषयगत गरी दुई चरणमा परीक्षा सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

नियमावली स्वीकृत भएसकेकाले स्थायी शिक्षक छनोटका लागि लिइने आगामी परीक्षा २ सय पुर्णाङ्कको हुने आयोगले जनाएको छ । नियमावली संसोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मुल्याकन गर्न प्रावधान पनि परिर्वतन गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरुले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मुल्यांकन गर्दै आएको थिए ।

संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मुल्यांकन गर्ने प्रवन्ध गरिएको छ ।

विभागले गरेको आन्तरिक मुल्यांकन शिक्षा विकास तथा समन्वय इकाई हुँदै आयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावली गरिएको छ ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...