back
NMB ad

लोकसेवा आयोगले नयाँ भर्ना आह्वान ! उपसचिवदेखि खरिदारसम्मको विज्ञापन खुलाउँदै

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई सुचारु गर्दै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहसचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।

आयोजका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिनुभयो । भर्ना आह्वान हुनेमा प्रशासन सेवा तर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।

यससँगै संघमा रिक्त रहका विभन्न ७ हजार कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । लामो समयदेखि भर्ना प्रक्रिया सुरु हुन नसक्दा केन्दीय सरकारका विभिन्न निकायमा नितिगत निर्णयदेखि सेवा प्रवाह समेत प्रभावित हुदैँ आएको छ ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायमा झण्डै ७ हजारको संख्यामा दरबन्दी रिक्त छ । रिक्त पदहरूमा १ सय ६३ सहसचिव, ३ सयको संख्यामा उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार छन ।

संघीय संरचना बनेसँगै संघका कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भइसकेका छन । यससँगै संघमा ठूलो संख्यामा कर्मचारी अभाव हुन पुगेको हो ।

मन्त्रालयले अन्य पदमा आवश्यक कर्मचारीको विवरण संकलन भइरहेको जानकारी दिएको छ । विवरण संकलनको काम अन्तिम चरणमा रहेकाले बाँकी पदहरूको पदपूर्ति प्रक्रियासमेत छिट्टै सुरु गरिने मन्त्रालयको भनाइ छ । राजधानी दैनिकमा समाचार छ ।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार ०७:३१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...