back
NMB ad

एनआरएनए नेतृत्वमा कुमार पन्तको पल्लाभारी

Kumari bank ad

बिक्रम सुनार, काठमाडौं । संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरु नयाँ नेतृत्व छान्नका लागि काठमाडौंमा भेला भएका छन । करिव १५ सयको संख्यामा प्रतिनिधिमुलक उपस्थित भएका नेपालीहरु यतिवेला आफ्नो नेतृत्वमा कस्तो व्यक्ति ल्याउने भनेर छलफलमा व्यस्त छन ।

नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । दुवै प्यानल आफ्नो जित सुनिश्चित रहेको भन्दै मतदातासामु मत मागिरहेका छन ।

चुनावी प्रतिष्पर्धामा उत्रिएका पन्त र आचार्य कसले बाजी मार्ला भनेर यतिवेला दरवारमार्ग र ठमेल आसपासमा व्यापक चर्चा चलिरहेको छ ।

संस्थापक सदस्य हुँदै युरोप संयोजक, महासचिव र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी संहालिसकेका पन्त र युरोप संयोजक, केन्द्रीय सदस्य हुँदै गत महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका आचार्यविच हुने भिडन्त निकै रोचक मानिएको छ ।

कम्युनिष्ठ पृष्ठभूमिका पन्त र कांग्रेसी पृष्ठभूमिका आचार्यले छुट्टाछुट्टै प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन । आचार्यलाई नेपाली कांग्रेस पार्टीले आधिकारिक उम्मेदवार बनाउँदै केन्द्रीय नेताहरु मत माग्न व्यस्त छन् । कांग्रेस पृष्ठभूमिका गैरआवसीय नेपालीले संघलाई राजनीतिकरण नर्गन भन्दै नेताहरुको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।

तर, पन्त भने संघलाई साझा फुलवारी बनाउने भन्दै सवैलाई समेटेर आफ्नो प्यानल अगाडि सारेका छन । उनी कतै खुलेका छैनन् । पन्तले प्यानलमा सबै विचारधारा र समावेशी उम्मेदवार छनोट गरेका छन । पन्तलाई क्रियाशिलता र लगनशिलताका आधारमा अधिकांश कांग्रेस पृष्ठभूमिका मतदाताले समेत रुचाएका छन ।

सर्वपक्षीय र समावेशी टिमको नेतृत्व गरेका पन्तको प्यानलले जीत हासिल गर्ने अधिकांश मतदाताले अनुमान गरेका छन । विभिन्न देशमा छरिएका नेपालीलाई संगठित गर्दै राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उनी विश्वभरिका एनआरएनमाझ परिचित छन ।

नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि सक्रिय रहँदै आएका छन ।

अघिल्लो पटक नै अध्यक्ष हुन योग्य पन्त उपाध्यक्षमा दोहोरिएर हालको नेतृत्वलाई सघाउँदै एनआरएनएलाई संस्थागतरुपमा बलियो लागिपरेका कारण पनि उनीमाथि अधिकांश मतदाताको सहानुभुति रहेको एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तले बताउनुभयो ।

भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटिएका थिए ।

स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु. १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन ।

संसारभरका छरिएर रहेका नेपालीविच चिरपरिचित पन्तले आफ्नो १९ बुँदे प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन ।

प्रतिवद्धता पत्र

१) स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ ।

२) विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु ।

३) विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु ।

४) सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु ।

५) सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु ।

६) वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्रा्िष्ट्रय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु ।

७) विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु ।

८) संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

९) विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु ।

१०) संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु ।

११) नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ ।

१२) संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ ।

१३) संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु ।

१४) हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।

१५) संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु ।

१६) संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु ।

१७) संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्रा्िष्ट्रय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।

१८) समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु ।

१९) गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।

को हुन कुमार पन्त ?

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए ।

सन् २००९–२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे ।

सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता दुई कार्यकाल आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन । सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुन । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो ।

उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार २०:१७ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...