back
NMB ad

गैरआवासीय नेपालीको विश्व सम्मेलनमा ४२ जना चुनिँदै, यस्तो छ निर्वाचन कार्यतालिका

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशन मंगलवारदेखि शुरु हुँदै छ ।काठमाडौंको होटल हायातमा हुने महाधिवेशनले नयाँ नेतृत्वको निर्वाचन गर्ने भएको छ ।

नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले प्रतिष्पर्धा गर्ने भएका छन । मंगलवार उदघाटन सत्र सम्पन्न भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

नयाँ नेतृत्व छान्न संघले गठन गरेको निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार सोमवारदेखि नै नामदर्ता, मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता लगायत निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचनमा कुल १२ पदमा ४२ जना उम्मेदवारहरु निर्वाचित हुनेछन । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन ।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक, एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन भने उत्तर– दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन ।

प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १८:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...