back
NMB ad

नेप्से सूचकमा दशैंपछिको हरियाली, यस्तो छ आजको कारोवार

Kumari bank ad

काठमाडौं । दशैंपछिको दुई कारोबार दिन घटेको शेयर बजार मापक सूचक नेप्से र करोबार रकम दुबैमा मंगलबार सुधार भएको छ ।

नेप्से परिसूचक ५ अंकले बढ्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ३८ लाख रुपैयाँले सुधार भएको छ ।नेप्से ५.०८ अंकले बढेर ११४२.०४ बिन्दुमा पुगेको छ।

यस दिन १५१ कम्पनीका ७ लाख ६५ हजार ८९७ कित्ता शेयर किनबेच हुँदा २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।  यो सोमबारको तुलनामा ३८ लाख रुपैयाँले बढी हो । सोमबार २१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका दशवटा उपसमुहका सूचक सकारात्मक बन्दा नेप्से सूचक सकरात्मक देखिएको हो । उत्पादन र ब्यापारको सूचक भने स्थिर रह्यो । यस दिन जीवन बीमाको सूचक सबैभन्दा धेरै ३१.१५ अंकले बढेको छ ।

यस्तै होटल्स १७.३३, विकास बैंक ८.२, अन्य ५.६४, माइक्रोफाइनान्स ५.३३ र वाणिज्य बैंकको सूचकमा ४.५२ अंकले सुधार भएको छ ।

यस दिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको करोबार भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशको लागि बैंकले बुधबार बुकक्लोज तोकेको छ ।

मंगलबारसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउने हुँदा मंगलबार यस बैंकको उच्च कारोबार भएको हो । बैंकको १ लाख २० हजार ९३० कित्ता शेयर खरीद बिक्री भएका छन ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर ३ करोड ६९ लाख, प्रभु बैंकको १ करोड ६६ लाख र कृषि विकास बैंकको १ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनैपनि कम्पनीको करोबार रकम करोड नाघ्न सकेन ।

मंगलबार आरएमडीसी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको छ। यस्तै ग्रीन डेभलपमेन्ट बैंक र सिर्नजी पावरको शेयरधनीले पनि मंगलबारको बजारबाट ४ प्रतिशत भन्दा बढीले कमाएका छन ।

यता सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य भने सबैभन्दा धेरै ५.८८ प्रतिशतले घटेको छ । यस्तै हिमालयन पावर पार्टनर र एभरेष्ट इन्स्योरेन्सको शेयरधनीले ३ प्रतिशत बढीले गुमाएका छन ।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार १५:५५ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...