back
NMB ad

नेकपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णय, उप-निर्वाचनका लागि यस्ता छन निर्देशन

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार केन्द्रले चयन गर्ने निर्यण भएको छ ।

त्यसैगरी उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने त्यसका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ ।

स्थानीय तहको उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरका लागि सम्बन्धित गाउँ, नगर कमिटिको सिफारिसका आधारमा प्रदेश कमिटिले उम्मेदवार चयन गर्नेछ वडाका उम्मेदावरका हकमा भने वडा कमिटि र गाउँ कमिटिको परामर्शका आधारमा जिल्ला कमिटिले चयन गर्ने ।

यसैविच,  बुधबारको बैठकले तीन नेतालाई सदस्यका रुपमा थप गरेको छ। स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु भानुभक्त ढकाल र हरि अधिकारी सदस्यमा थप भएको प्रवक्ता श्रेष्ठले दिनुभयो ।

संगठन विभागमा यस अगाडी पमुख वामदेव गौतम र उपप्रमुख जर्नादन शर्मा थिए। विभागले पूर्णता भने पाइसकेको छैन।-अन्नपुर्णपोष्ट

२०७६ असोज २९ गते प्रकाशित

वि.सं.२०७६ असोज २९ बुधवार १०:५० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...