back
NMB ad

को बन्ला पहिलो नेपाल लोक स्टार ? कसको सम्भावना कति ? यस्तो छ संकेत

Kumari bank ad

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले यही कात्तिक ८ गते हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुनेछ ।

उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ । साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ ।

‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धीलाई फाइनलमा पुर्याइएको छ । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन । ३२औं श्रृंखलाबाट चार उत्कृष्ट फाइनलिष्ट तयार भएका थिए ।

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...