काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२ दशमलब ५० प्रतिशत सेयर लाभांस दिने भएको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन ।
२०७६ कात्तिक ०५ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ५ मंगलवार ०९:३१ मा प्रकाशित