back
NMB ad

निरन्तर ओरालो लागेको नेप्से मंगलबार २.४ अंकले उकालो, बैंकको सेयरमा आकर्षण

Kumari bank ad

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार आज (मंगलबार) भने २.४ अंकले उकालो लागेको छ । सेयर बजारमा सुधार आएसँगै नेप्से बढेर ११३४.७९ अंकमा पुगेको छ ।

उक्त दिन कुल ११ समूहमध्ये ५ समूहको सूचक घटेको छ भने ६ समूहको सूचक बढेको छ। ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको सूचक ४.५ अंकले बढेको छ ।

यसैगरी, जीवन बिमा समूहको सूचक सबैभन्दा बढी १९.०६ अंकले बढेको छ । होटल, फाइनान्स, निर्जीवन, अन्य र म्यूचुअल फन्ड समूहको सूचक घटेको छ ।

आज १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको मध्ये नबिल बैंकको सबैभन्दा बढी १ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो बढी रकमको सेयरको कारोबार प्रभु बैंकको भएको छ। उक्त बैंकको १ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी सेयर कारोबार हुने एनआइसी एशिया बैंकको सेयर रहेको छ। उक्त बैंकको ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...