back
NMB ad

नेपाल विद्युतले पायो माथिल्लो अरुणको लाइसेन्स

Kumari bank ad

काठमाडौं । ऊर्जा मन्त्रालयले माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनाको लाइसेन्स नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

संखुवासभामा निर्माण हुने आयोजनाको सर्वेक्षण अनुमति पत्र केही दिनअघि जारी भएको नेपाल विद्यत् प्राधिकरणले जनाएको छ ।

मन्त्रालयले आयोजनाको जडित क्षमता १ हजार ६१ मेगावाट रहने गरी अनुमति पत्र दिएको हो । प्राधिकरण अन्तर्गतको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले अनुमति पत्र पाएको हो ।

अघिल्लो वर्ष अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनले आयोजना ७ सय मेगावाटमा बनाउन सकिने देखाएको थियो । कान्त्पिुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

असारमा प्राधिकरणले गरेको प्राजेक्ट अप्टिमाइजेसनअनुसार आयोजनाको जडित क्षमता १ हजार ४० मेगावाट हुने र यसबाट १ हजार ६० मेगावाट उत्पादन गर्न सकिने देखिएको हो ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भइरहेको प्राधिकरणले जनाएको छ । अध्ययनको लागि विश्व बैंकले सहलित ऋण दिएको छ ।

यसअघि पनि प्राधिकरणले अघि बढाउने भनेको यो आयोजना बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ गुनमा सरकार मातहत रहने निर्णय गरेको थियो ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ०८:२१ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...