back
NMB ad

वैदेशिक रोजगार : स्थानीय तहबाटै क्षतिपूर्ति सीधै पीडितको खातामा, यस्ता छन प्रक्रिया

Kumari bank ad

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जीवन गुमाएका आफन्त तथा अंगभंग भएकालाई क्षतिपूर्ति रकम स्थानीय तहबाटै दिन सुरु गरेको छ ।

वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति रकम लिन काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय तहबाटै रकम दिन सुरु गरेको हो । स्थानीय तहबाटै क्षतिपूर्ति पाइन थालेपछि स्थानीयवासी हर्षित भएका छन ।

बोर्डले सूचना प्रकाशित गरी सीधैं पीडित वा उसका आफन्तको बैंक खातामा रकम पठाउन सुरु गरेको हो । त्यसका लागि स्थानीय तहले आवश्यक कागजात प्रमाणित गरेर पठाउनुपर्छ । कागजात प्रमाणित भएमा बोर्डले सीधै पीडितको खातामा रकम निकासा गर्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पीडितलाई राहत दिन स्थानीय तहबाटै आर्थिक सहायता दिन लागिएको बताउनुभयो ।

‘अब आर्थिक सहायता लिन काठमाडौं आउनुपर्दैन’, उहाँले भन्नुभयो,‘यसबाट कामदारले घरबाटै आर्थिक सहायता पाउनेछन ।’ वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएमा बोर्डले सात लाखसम्म क्षतिपूर्ति दिन्छ ।

उक्त क्षतिपूर्ति रकम लिन काठमाडौं आउँदा बस्दा पीडितको मोटो रकम सकिन्छ । बसभाडा, होटल खर्चमा अधिक पैसा सकिने गरेको हो । त्यति मात्र होइन गाउँका केही टाठाबाठाले आर्थिक सहायता उपलब्ध गराउन सहयोग गर्ने बाहना बनाउँदै पीडितबाट मोटो रकम असुल्दै आएका थिए ।

मन्त्री विष्टले पीडित कामदारका हितका लागि सरकारले आर्थिक सहायता लिन काठमाडौं आउनुनपर्ने व्यवस्था अन्त्य गरेको बताउनुभयो ।

पीडितले राहदानी गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ, राहदानीवाहकको नम्बर, नाम र फोटोसहितको पृष्ठको प्रतिलिपि पेस गर्नुपर्छ । विदेशस्थित रोजगारदाता कम्पनी, नियोग/अस्पतालको मृत्युको प्रमाणपत्र, शव ल्याउँदाको प्रज्ञापनपत्रको प्रतिलिपि चाहिन्छ ।

हकवालाको नागरिकता/नाता प्रमाणित र अविवाहित भए स्थानीय तहबाट सिफारिसपत्र, स्थानीय तहबाट हकवाला खुलेको फोटो र बैंकको नाम, शाखा र बैंकखाता नम्बर रुजुसहितको बैंकको पत्र, नजिकको हकवालाको पासपोर्ट साइजको एकप्रति फोटो चाहिने बोर्डले जनाएको छ ।

करार अवधिभित्र एवम् करार अवधि समाप्त भएको एक महिनाभित्र नेपालमा कुनै कारणले मृत्यु भएमा एक वर्षभित्र आर्थिक सहायता पाउने प्रावधान छ ।

नेपालमा मृत्यु भएमा निज वैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि पनि बुझाउनुपर्ने व्यवस्था छ । अन्नपुर्ण पोष्टबाट

कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ०९:०७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...