back
NMB ad

‘भीआईपी जुवाडे’ विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप

Kumari bank ad

काठमाडौं । गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।

गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख (डिएसपी) उमेश लम्सालले जानकारी दिनुभयो ।

आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले अब थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

जुवाखालबाट पक्राउ परेकामध्ये १४ जनाले भने सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चमा बिहीबार पनि सुनुवाई जारी छ ।

प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज (पिपलमार्ग)बाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो ।पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १४:५२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...