back
NMB ad

जहाँ स्याल धपाउँदै बित्छ कर्मचारीको दैनिकी

Kumari bank ad

कास्की । पोखरा विमानस्थल केही दिनदेखि स्यालको क्रिडास्थल बनेको छ । विमानस्थलको धावनमार्गमै स्याल दौडिन थालेपछि कर्मचारीसमेत हैरान भएका छन ।

विमानस्थल क्षेत्रमा केही समयदेखि स्याल दौडिन थालेपछि जहाज उडानमा समस्या भएको छ । कात्तिक लागेपछि धावन मार्गमै स्याल दौडिँदा जोखिम बढेको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए ।

‘कुकुर तथा स्यालको गतिविधि अलि बढि हुने महीना भएकोले पनि यो सिजनमा विमानस्थलमा उडानमै समस्या भइरहेको छ,’ उनले भने ।

दुर्घटना नहोस् भनेर नियमित स्याल धपाउनुपरेको उनी बताउँछन् । विमानस्थल प्रमुख गुरागाईंले स्यालका कारण पोखरा विमानस्थलमा कुनै उडान अवरुद्ध भने नभएको बताए ।

‘स्यालका कारण कुनै उडान अबरुद्ध भएको छैन,’ उनले भने, ‘तर सम्भावित दुर्घटनालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता भने अपनाइएको छ ।’ विमानस्थलमा स्याललगायतका जंगली जनावर धपाउन छ जना कर्मचारी खटाइएको उनले बताए ।

‘स्याल र अन्य जंगली जनावर समाउनका लागि वन कार्यालयसँग समेत समन्वय गरिरहेका छौं,’ उनले भने । नजिकै सेती नदीको खोंच रहेका कारण वर्षेनी कार्तिक मंसिर महीनामा स्याल विमानस्थलसम्म आउने गरेको उनले बताए ।

त्यसो त धावनमार्ग नजिकै झाडी रहेका कारण पनि घाम ताप्नका लागि स्याले धावनमार्गमा आउने गरेका छन् । विमानस्थलको धावनमार्गमा बिहानीपख आधादर्जन भन्दा धेरै स्यालको बथान देखिने गरेका छन् ।

पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।आर्थिक अभियानमा खबर छ ।

२०७६ कात्तिक १६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १६ शनिवार १२:४० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...