काठमाडौं । भोलि सार्वजनिक बिदा दिइएको छ । छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार प्रदेश २ ले विदा दिइएको हो ।
पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।
२०७६ कात्तिक १५ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १६ शनिवार १३:१९ मा प्रकाशित