back
NMB ad

महराको थुनछेक बहस जारी : के आउला आदेश ? यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराको आइतबार थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंमा १२ बजेबाट बहस सुरु भएको हो ।अहिले सरकारी वकिलले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए । ’सरकारी वकिलले बहस गरिरहेका छन,’ उनले भने, ’त्यसपछि महराका कानुन व्यवसायी बहस गर्नेछन ।’

थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले अआफ्नो प्रतिरक्षा गर्नेछन । त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा अदालतले निर्णय गर्नेछ ।

शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका छन । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिइएको थियो ।

इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।

महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन । उनले त्यस दिन मदिरा सेवन नगरेको दावी पनि गरेका छन ।

संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ ।

महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिर समेत गरेका छन ।
प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ ।

जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद हुने व्यवस्था छ । मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।
एउटा भिडियोमा महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ’बलात्कार प्रयास गरेको’ भनेकी छन ।

अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ । यो भनेको ’अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो। दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ।

बलात्कार कसुरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुनसक्छ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...