काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा सात जनाको मृत्यु भएको छ ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको भने सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार बस पूरै नदीमा डुबेकाले उद्धारमा कठिनाइ भएको छ । केही यात्रु नदीले बगाएको आशंका छ ।
वि.सं.२०७६ कात्तिक १७ आइतवार १४:२५ मा प्रकाशित