back
NMB ad

डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा, ३ सदस्यीय छानबिन समिति गठन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन । राष्ट्र बैंकले शिवराज श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

समिति गठन भएसँगै श्रेष्ठ स्वत्तः निलम्बनमा परेका हुन् । राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिलाई अध्ययनका लागि ३० कार्यदिन तोकिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर छानबिन प्रक्रिया अगाडि बढेसँगै स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, एनसेललाई अदालतको निर्णय आउनुपूर्व नै लाभांश लैजान स्वीकृति दिएको, बैंकको खराव कर्जा लुकाउन सहयोग गरेको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेकोजस्ता आरोप लागेका छन ।

तर, श्रेष्ठले यसलाई आफुलाई गर्भनर हुन नदिन चलखेल भएको भन्दै आएका छन । श्रेष्ठमाथि लागेका आरोपमाथि छानबिन गर्नुपर्ने भन्दै आइतबार नै अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्र बुझाएको थियो।

आइतबार सञ्चालक समितिको वैठक बसेपनि कुनै निर्णय लिन सकेको थिएन । आज पुःन बैठक बस्दैछ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...