back
NMB ad

लाइसेन्स परीक्षा सञ्चालन गर्न मन्त्रालयले दियो स्विकृती

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषदलाई परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्विकृती दिएको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परिषदलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न स्विकृती दिएको हो । कात्तिक १७ गतेको निर्णय अनुसार मन्त्रालयले परिषदलाई आज पत्र दिएको छ ।

पत्र पाएलगत्तै परिषदले परीक्षाको आवश्यक तयारी अगाडि बढाउन लागेको परिषदका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि कुनै कार्यविधि नै नबनाई दुई वर्षअघिका परिषदका पदाधिकारीले कपी जाँच गर्ने लाखौंको मेसिन किनेर ल्याएको थियो ।

कार्यविधि नै नबनाई कमिसनका लोभमा २० लाख रुपैयाँमा किनिएको उक्त मेसिन दुई वर्षदेखि अलपत्र नै छ । परिषदमा नयाँ कार्यसमिति आएपछि थन्किएको उक्त मेसिन प्रयोगमा ल्याउने र कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार परिषदले मन्त्रालयमा स्विकृतीका लागि पत्र पठाएको रजिष्ट्रार दीपक भट्टले जानकारी दिनुभयो ।‘विगतमा के कारणले परीक्षा हुन सकेन भन्ने हामीलाई प्रष्ट जानकारी भएन,’ उहाँले भन्नुभयो, ‘तर हामीले स्वास्थ्यकर्मीको गुणस्तरलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’

उहाँका अनुसार परिषदले पहिलो चरणमा ब्याचलर तहको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने तयारी गरेको छ । त्यसपछि अन्य तहको पनि परीक्षा हुनेछ ।

परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:३५ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...