back
NMB ad

वोमीको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (कात्तिक २१ गते) देखि संस्थापक समूहको ६२ हजार १८३.८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

यसमा सर्वसाधारण, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले असोज ६ गतेदेखि १३ गतेसम्म संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

त्यसबेला सर्वसाधारण समूहको सबै कित्ता बिके पनि संस्थापक समूहमा भने १४ हजार ५२० कित्तामा मात्र आवेदन परेको थियो ।

यसरी बाँकी रहेको संस्थापक तर्फको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामीमा ल्याइएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं तथा वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सकिनेछ ।

सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यस्तै, सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...