back
NMB ad

समयमै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा ! हेर्नुहोस् बदमास कम्पनीको सूचि !

Kumari bank ad

काठमाडौं । ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने १९ ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय ओलखढुंगाले कालोसूचिमा राख्ने चेतावनी दिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि ठेक्का लिएका ठेकेदार कम्पनीले पटक पटक मौखिक र लिखित आग्रह गर्दापनि समयमै काम नगरेपछि सार्वजनिक सूचना जारी गरी कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

समयमै कार्य सम्पन्न गर्नेतर्फ चासो नै नदेखाई बेवास्ता गरेकोले कार्य प्रगति हुन नसकेको हुँदा उनिहरुलाई स्पष्टीकरण सोधिएको डिभिजन कार्यालयले जनाएको छ ।

‘सार्वजनिक ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत जफत गर्ने, कालो सुचिमा राख्न सिफारीस गर्ने, हर्जना असुल गर्ने, बाकीँ निमार्णकार्यको मुल्यंकन गरि ठेक्का सम्झौता बमोजीम सरकारी बाकीँ सरह असुल उपर गर्ने लगायतका कारबाही प्रकृया किन अगाडी नबढाउने ?’ सडक डिभिजनले भनेको छ, ‘कारवाही अगाडी बढाउनु नपर्ने मनासिब कारण भए यो सूचना प्रकाशित मितिले सात दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन सूचना गरिएको छ ।’

ठेकेदार कम्पनीले समयमै सम्पन्न नगरेका कामहरुमा दुइवटा पक्कीपुल र १७ वटा सडक छन। ठेकेदार कम्पनीमध्ये खोटाङ हलेसी कन्स्ट्रक्सनले तीनवटा सडक अलपत्र पारेको छ ।

त्यस्तै काठमाडौंको सिजनल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कन्सल्टेन्सीले ३ वटा सडक र एउटा पुल अलपत्र पारेको छ ।
काठमाडौंकै विवस इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्सले २ वटा सडक र खोटाङको सगरमाथा घिमिरे निर्माण सेवाले २ वटा सडक अलपत्र पारेका छन ।

काठमाडौंको एडी विल्डर्सले एउटा पुल र काठमाडौंको मृत संजिवनी राफिता जेभि, इलामको सूर्य वेलका जेभि, हेटौडाको कार्की विल्डर्स, लाहानको एमके कन्स्ट्रक्सन, रसुवाको जानुकादेवी निर्माण सेवा, भक्तपुरको सुगम सफल कन्स्टक्सन र अर्घाखाँचीको पीटीआर अधिकारी कन्स्ट्रक्सनले एक एकवटा सडकको ठेक्का लिएर अलपत्र पारेका छन।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...