काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा विज्ञापन खुलाउने भएको छ । आयोगले ३ सय ३० भन्दा बढी संख्यामा प्राविधिकतर्फका अधिकृत पदहरूका लागि आवेदन आह्वान गर्ने भएको छ ।
केमिकल इञ्जिनीयर, कम्प्युटर इञ्जिनीयर, तथ्यांक अधिकृत, सिभिल इञ्जिनीयर, बाली संरक्षण अधिकृत, कृषि इञ्जिनीयर लगायतका २३ प्राविधिक पदमा आवेदन माग गर्ने भएको हो ।
सामान्य प्रशासन मन्त्रालयले संघीय तहका लागि आवश्यक प्राविधिक अधिकृतहरूको संख्या यकिन गरी सोमवार लोकसेवा आयोगको कार्यालयमा पठाइसकेको छ ।
कात्तिक महिनाको अन्तिम बुधवार अर्थात् भोलि प्राविधिकतर्फका अधिकृतहरूका लागि आवेदन आह्वन गरिने लोक सेवा आयोगको कार्यतालिकामा नै उल्लेख छ ।
२०७६ कात्तिक २६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २६ मंगलवार ११:२७ मा प्रकाशित