back
NMB ad

आईएमई डबल अफरको सातौँ विजेता इन्द्रराज शेरचन

Kumari bank ad

काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको ‘डबलको डबलको डबल अफर’ अन्तर्गत सातौँ हप्ताको विजेता घोषित हुनुभएको छ । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित हुनुभएको हो ।

सेवाग्राही शेरचनले यूकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउनु भएको थियो । उहाँले यूकेमा रहेको रिया मनि ट्रान्स्सफर मार्फत ५० हजार एक सय ३७ रुपैयाँ नेपालमा पैसा पठाउनु भएको थियो । जसको दुई गुणा हुन आउने रकम एक लाख दुई सय ७४ जित्न सफल हुनुभएको हो ।

पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उहाँका आफन्त चेलीमाया गौचनले ग्रहण गर्नुभएको हो । आइएमईले पर्व लक्षित दसैँमा ‘डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ ।

यो अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्त (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन ‘आइएमई पे’मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

२०७६ कात्तिक २८ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १२:५७ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...