back
NMB ad

सबै स्थानीय तहका विद्यालयमा प्राविधिक शिक्षा, १६ करोड विनियोजन

Kumari bank ad

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी १६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने भएको छ ।

सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने कार्ययोजना अनुरूप प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहमा सो संख्याका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्न १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले ती विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षा शुरु गर्न सो रकम विनियोजन गरेको हो । कारोवार दैनिकमा समाचार छ ।

सरकारले चालू आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको समतामूलक पहुँच विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नीति निर्माण तथा निर्धारण योजना महाशाखाका निर्देशक प्रमोद आचार्यले जानकारी दिए ।

परिषद् बैठकको यो निर्णयसँगै अब प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयको संख्या ५ सय ५९ पुगेको छ ।
परिषद्ले चालू आवमा २१२ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षाका कार्यक्रम डिप्लोमा र टिएसएलसी सञ्चालनको स्वीकृति दिएको निर्देशक आचार्यले जानकारी दिए ।

यसैगरी पहुँच नपुगेका थप १० वटा स्थानीय तहमा आंगिक प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन, जग्गा प्राप्तिको काम भइरहेको छ । नयाँ पोलिटेक्निकलहरुमा कार्यक्रम संचालन गर्न निर्माणाधिन रहेका र नयाँ गरी १४ बहुप्राविधिक शिक्षालयहरुमा डिप्लोमा तहको कार्यक्रम संचालन भएको छ ।

सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेट पनि वृद्धि गर्दै लगेको सीटीईभीटीका निर्देशक आचार्यले जानकारी दिए ।

सरकारले आन्तरिक श्रम बजारको माग पूरा गर्ने र रोजगारी दर वृद्धि गर्ने जनाउँदै चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

सिटीईभिटीले गत आवमा विभिन्न तहमा गरेर ५१ हजार २९२ जनालाई प्रशिक्षण दिएको थियो । यसमध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा २३ हजार ४९८ र प्राविधिक एसएलसिमा २७ हजार ७९८ जनालाई प्रशिक्षण दिएको निर्देशक आचार्यले जानकारी दिए ।

२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार ०८:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...