काठमाडौं । नेपाल बैंक लिमिटेडले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने बताएको हो ।
अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ छ । बैंकले लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको र स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
२०७६ मंसिर ०२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २ सोमवार १३:१० मा प्रकाशित