back
NMB ad

पदबहाली लगत्तै मन्त्री गुरुङको पहिलो काम : सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्धार

Kumari bank ad

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदवहालीकै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्धार गराउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवाशमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदबहाली गरेलगत्तै डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्सनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।
दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बन्नुभएको थियो । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ ।

मन्त्री गुरुङले मन्त्रालयको कार्यभार सम्हालेपछि आज दुई महिलाको उद्दार गरेसँगै अहिलेसम्म ६२ जनाको ज्या नबचेको छ । पदबहालीकै क्रममा मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिक जस्तो अति संवेदनशील मानिएको क्षेत्र भएकोले अन्य मन्त्रालयमा जस्तो ढिलासुस्ती र काममा उत्तरुदायीबिहीनता हुनै नहुने आफ्नो बटमलाइन सुनाउनु भएको थियो ।
उहाँले सवै कर्मचारीले तोकिएको जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्दै कसैको मुख नताकी ज्यान जोखिममा परेका महिलाको उद्दार कार्यमा एक सेकन्ड पनि समय नलिन कर्मचारीलाई निर्देशन पनि दिनुभएको थियो । ज्यान जोखिममा परेका घाइते वा सुत्केरी महिलाको उद्दारको बिषयमा कुनै कन्जुस्र्याई नगर्ने घोषणा पनि मन्त्री गुरुङले गर्नुभएको छ ।

२०७६ मंसिर ५ गते प्रकशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार २२:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...