back
NMB ad

२६ मुलुकका शिक्षक नेपालमा

Kumari bank ad

काठमाडौं  । विश्वका २६ मुलुकका अंग्रेजी शिक्षक ललितपुरमा भेला भएका छन्। नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) र अंग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय संघ टिसोल (अमेरिका) ले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनीहरू नेपाल आएका हुन्।

भेलामा १ हजार अंग्रेजी शिक्षक सम्मिलित छन्। सहभागीले अंग्रेजी शिक्षाको विकाससँग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरेका छन्।

सम्मेलनमा अंग्रेजी कसरी पढाउने ? कस्तो अंग्रेजी शिक्षा आवश्यक छ ?  भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको नेपालका शिक्षकले बताए।

‘विश्वभरबाट अंग्रेजी शिक्षकहरू आउनुभएको छ। एक अर्को देशमा अंग्रेजी कसरी पढाइन्छ ? राम्रो शिक्षक बन्ने आइडिया सम्मेलनबाट थाहा पाएँ,’ सम्मेलनमा काभ्रेबाट सभागिता जनाएकी कल्पना थापाले भनिन्।

‘विश्वमा अंग्रेजीको प्राक्टिक्स कस्तो भइरहेको छ ? नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइयो’, अर्का सहभागी अग्नी ज्ञवालीले भने।

पहिलो दिन बुधबार नेल्टा सिम्पोजियम भएको नेल्टाका उपाध्यक्ष जयराम खनालले जानकारी दिए। दोस्रो दिन बिहीबार सम्मेलनको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन्। सम्मेलनमा शनिबारसम्म आठवटा की–नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...