back
NMB ad

नागरिक लगानी कोषको धितोपत्रमा लगानी ९१ प्रतिशत बढ्यो, नाफा कति ?

Kumari bank ad

काठमाडौं । नागरिक लगानीकोषले शुक्रवार चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पूँजीबजारमा बजार निर्माताको रुपमा आउन लागेको कोषकोे पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विभिन्न कम्पनीहरुको शेयरमा रू. ९ अर्ब ८ करोड १० लाख लगानीमा रहेको छ ।

यो रकम गत वर्षको पहिलो त्रैमासमा रू. ४ अर्ब ७५ करोड ११ लाख थियो । गत वर्षभन्दा यस वर्ष धितोपत्रमा लगानी ९१ प्रतिशतले बढाएको हो ।

बजार निर्माताको रुपमा काम गर्न सहायक कम्पनी दर्ता गर्ने प्रक्रियामा रहेको कोषको चालू सम्पत्ति रू. १३ अर्ब ९४ करोड ५४ लाख रहेको छ भने चालू दायित्व रू. १७ अर्ब ५२ करोड रहेको छ । चालू सम्पति गत वर्षभन्दा यस वर्ष २९ दशमलव ५६ प्रतिशतले र चालू दायित्व करीब २ प्रतिशतले घटेको हो ।

यस वर्षको पहिलो त्रैमासमा कोषले रू. १२ करोड ११ लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. १० करोड ५७ लाख रहेको थियो । खुद नाफा गत वर्षभन्दा १४ दशमलव ५७ प्रतिशत बढी भएको हो ।

आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट २२ प्रतिशत बोनस शेयर वितरण गरी कोषले रू. १ अर्ब १० करोड २३ लाख चुक्तापूँजी पु¥याएको छ । जगेडा कोष रकममा यस वर्ष ८४ दशमलव ६० प्रतिशत बृद्धि देखिएको छ । कम्पनीको जगेडा कोषमा पहिलो त्रैमाससम्म रू. ४ अर्ब ६७ करोड ८८ लाख रकम रहेको उल्लेख छ ।

कोषको उपयोग गर्दै रू. १ खर्ब ३० अर्ब ९९ करोड ९ लाख लगानी गरेको छ । गत वर्ष यसै अवधिमा यो रकम रू. १ अर्ब १० अर्ब ८९ करोड ७ लाख थियो । नेपाल सरकारको ऋणपत्रमा कोषले चालू आवको पहिलो त्रैमासमा रू. ६० करोड लगानी गरेको छ । गत वर्ष ऋणपत्रमा रू. १ अर्ब ८० करोड ९३ लाखको लगानी थियो । यस वर्ष यो रकम घटेको छ ।

कोषमा सहभागीहरुलाई सापटी र आवास कर्जा बापत यस वर्षको पहिलो त्रैमासमा रू. २५ अर्ब ९८ करोड २९ लाख प्रवाह गरेको छ । गत वर्षभन्दा यो रकम यस वर्ष बढेको छ । गत वर्ष पहिलो त्रैमासमा कोषले रू. २० अर्ब ३ करोड २५ लाख यो शिर्षकमा कर्जा प्रवाह गरेको थियो । बैंक मौज्दातमा रू. ९२ करोड ९८ लाख रहेको छ ।

प्रतिशेयर आम्दानी रू. ४४ रहेको कोषको प्रतिशेयर नेटवर्थ रू. २१२ रहेको छ । रिटर्न वन इन्भेष्टमेण्ट भने ९ दशमलव ३७ रहेको कोषको वित्तीय विवरणमा उल्लेख छ ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १३:११ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...