back
NMB ad

क्रियाशिल दलित पत्रकार संघ गठन

Kumari bank ad

काठमाडौं । दलितका मुद्दालाई मुलप्रवाहिकरणमा ल्याउन र दलित समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ क्रियाशिल दलित पत्रकार संघ नेपाल(आड्जोन) गठन भएको छ ।

नागरिक दैनिकका पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । संघको उपाध्यक्षमा रेडियो नेपालका टिकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो नाइटी नेटवर्कका विष्णुबहादुर विक रहेका छन् ।

संघको सदस्यमा नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनका रुपा सुनार, सिआइएन रेडियोका सिर्जना बराल, रेडियो नेपालका रमेश टमट्टा, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टेलिभिजनका सन्देश परियार, हिमालय टाइम्स दैनिकका सरिता मिजार रहेका छन् ।

लेखन र पत्रकारितालाई आदर्श बनाएका देशभरका क्रियाशिल साथीहरुलाई एकताबद्ध गरि समतामुलक समाज निर्माणको पैरवी गर्नको लागि संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष पवित्रा सुनारले बताए । ‘अहिलेसम्म स्थापना भएका दलित समुदायका पत्रकारहरुको संगठनले प्रभावकारी काम गर्न नसकेकाले हामीले संस्था शुरु गरेका हौँ’, अध्यक्ष पवित्रा सुनारले भनिन्, ‘पत्रकारितामा क्रियाशील साथीहरुको क्षमता अभिबृद्धि गर्दै मुलधारको सञ्चार क्षेत्रमा दलित समुदायका पत्रकारहरुको उपस्थित बलियो बनाउँन पनि संस्थाको आवश्यकता देखेका हौँ ।’

संघले जारी गरेको विज्ञप्तीमा प्राज्ञीक बहसको थालनी गर्दै, दलितका मुद्दाहरुलाई मिडियामा जाडतोडका साथ उठाउनको लागि पनि संगठीत पहल गर्ने बताइएको छ ।

दलित तथा गैरदलित समुदायका सबै पत्रकारहरुसँग सहकार्य बौद्धिक तथा सामरिक विषयमा परिणाममुखि अन्तरक्रिया गर्ने पनि विज्ञप्तीमा उल्लेख छ । संघले देशभरको शक्रिय पत्रकारहरुलाई संगठित गरी देशभर विस्तार गर्ने योजना बनाएको छ ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार २०:१० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...