back
NMB ad

समयमै सडक निर्माण सक्न मुख्यमन्त्री पौडेलको निर्देशन

Kumari bank ad

हेटौंंडा । ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधीन भीमफेदीदेखि ईपासम्मको सडक समयमा नै निर्माण गरी सक्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री पौडेलले भीमफेदीदेखि ईपासम्मको सडकको प्रत्यक्ष अवलोकन गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

सडक अवलोकनका क्रममा सरकारले संवृद्विको सपना देखेकाले देखेको सपना पूरा गरेरै छाड्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

स्थानीयको खानेपानीको गुनासो सुन्दै पौडेलले प्रदेश ३ मा खानेपानीको सुनिश्चितता हुने बताउँदै खानेपानी पहिलो आवश्यकता भएकाले हरेक जनताको घरमा खानेपानीको धारा जडान गरिने दाबीसमेत गर्नुभयो ।

हिजोका दिनमा पैदल यात्रा पनि असंभव रहेको क्षेत्रमा सडक निमार्ण पश्चात सिस्नेरी–फाखेल हुँदै चल्ने सवारी साधनहरुलेसमेत सडकखण्ड प्रयोग गर्न सक्ने र स्थानीयको दैनिकीमा परिवर्तन आउनको साथै स्थानीय उत्पादनले बजार पाउने भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

२५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण शुरु भएको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ ।

२०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ ।

सडक खण्डमा दुईवटा पुलको टेण्डर प्रकृया अन्तिम चरणमा रहेको भूकम्प पुनर्निर्माण इकाई मकवानपुरका प्रमुख बिमल किशोर केवीले जानकारी दिनुभएको छ ।

२०७६ मंसिर ०७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ७ शनिवार १४:२६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...