back
NMB ad

कृषि बैंक र सिटिजन्स बैंकको ५ अर्बको ऋणपत्र आउने, व्याजदर कति ?

Kumari bank ad

काठमाडौं। कृषि विकास बैंक र सिटिजन्स इन्टरनेशनल बैंकले ऋणपत्र निष्काशन गर्ने भएका छन्। दुबै बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

दुबै बैंकले सर्वसाधारणको लागि एक/एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने छन्। कृषि विकास बैंकले १०.३५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गर्ने छ। त्यस्तै सिटिजन्स बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८६ सम्मको अवधिका लागि निष्काशन गर्ने छ।

सिटिजन्सको म्याद धेरै हुँदा केहि थोरै व्याजदर रहेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ। यसै व्यवस्था अनुरुप बैंकहरुले ऋणपत्रको निष्काशन गर्ने तयारी गरिरहेका छन्।

हाल ५ वटा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। चार वटा बाणिज्य बैंकहरुले भने अनुमति पाएर ऋणपत्र निष्काशन गरेका छन्।

बैंकिङ तरलताको अभावले उच्च व्याजदरमा ऋणपत्र निष्काशन हुँदा पनि माग अनुसार आवेदन भने पर्न सकेको छैन। नेपाल राष्ट्र बैंकले दीर्घकालिन स्रोतका लागि बाटो खुला गर्दै ऋणपत्रको निष्काशन गर्न निर्देशन दिएको हो।

वि.सं.२०७६ मंसिर ८ आइतवार ०८:३९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...