back
NMB ad

वृद्धभत्ता फेरि २ हजार बढाउँछौ : मुख्यमन्त्री गुरुङ

Kumari bank ad

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गर्नुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा आयोजित कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले वृद्धभत्ता बढाउने बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य, नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका गुरुङले समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त रहेको बताउनुभएको छ ।

‘समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण, संवर्द्धन गर्ने र सामाजिक न्यायको काम गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त हो,’ उहाँले भन्नुभयो । ‘भत्ताको व्यवस्था हामीले नै गरेको हौँ ।

सुरुमा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता पाँच सय, एक हजार, दुई हजार हुँदै अहिले तीन हजार रुपैयाँ पुगेको छ । यो पनि अरु कसैले होइन, हामीले नै गरेको हो ।

त्यसैले कम्युनिष्टले वृद्धभत्ता ५ हजार पुर्याएन भनेर गफ लाउनुको कुनै तुक छैन,’ उहाँले भन्नुभयो, ‘अबको तीन वर्ष्भित्रमा भत्ता २ हजार रुपैयाँ थपेर ५ हजार रुपैयाँ र्पुयाउन हामीलाई कसले छेक्न सक्छ ? हामी त्यो र्पुयाएर छाड्छौँ ।’

समाजमा रहेको ज्येष्ठ नागरिकको सम्मान गर्ने कम्युनिष्टको सिद्धान्त रहेको दोर्होयाउँदै उहाँले भन्नुभयो, ‘त्यसैले विश्वेश्वर, गिरिजा, कृष्णप्रसाद भट्टराई, शेरबहादुरले नदेख्नुभएको कुरा मनमोहन अधिकारीले देख्नुभएको हो ।’

भेलामा नेकपाका केन्द्रीय, जिल्लाका सातै स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार ११:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...