back
NMB ad

वृद्धभत्ता फेरि २ हजार रुपैयाँ बढाउने !

Kumari bank ad

काठमाडौं । एक सयबाट सुरु भएको वृद्धभत्ता २ हजार रुपैयाँले  बढाएर तिनवर्ष भित्र ५ हजार पुर्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ ।

गुरुङले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गर्नुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा आयोजित कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले वृद्धभत्ता बढाउने बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य, नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका गुरुङले समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त रहेको बताउनुभएको छ ।

‘समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण, संवर्द्धन गर्ने र सामाजिक न्यायको काम गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त हो,’ उहाँले भन्नुभयो । ‘भत्ताको व्यवस्था हामीले नै गरेको हौँ ।

सुरुमा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता पाँच सय, एक हजार, दुई हजार हुँदै अहिले तीन हजार रुपैयाँ पुगेको छ । यो पनि अरु कसैले होइन, हामीले नै गरेको हो ।

त्यसैले कम्युनिष्टले वृद्धभत्ता ५ हजार पुर्याएन भनेर गफ लाउनुको कुनै तुक छैन,’ उहाँले भन्नुभयो, ‘अबको तीन वर्ष्भित्रमा भत्ता २ हजार रुपैयाँ थपेर ५ हजार रुपैयाँ र्पुयाउन हामीलाई कसले छेक्न सक्छ ? हामी त्यो र्पुयाएर छाड्छौँ ।’

समाजमा रहेको ज्येष्ठ नागरिकको सम्मान गर्ने कम्युनिष्टको सिद्धान्त रहेको दोर्होयाउँदै उहाँले भन्नुभयो, ‘त्यसैले विश्वेश्वर, गिरिजा, कृष्णप्रसाद भट्टराई, शेरबहादुरले नदेख्नुभएको कुरा मनमोहन अधिकारीले देख्नुभएको हो ।’

भेलामा नेकपाका केन्द्रीय, जिल्लाका सातै स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार १४:४० मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...