back
NMB ad

२४% नेपालीले खान्छन् उच्च रक्तचापको औषधि, कुन प्रदेशमा कति प्रतिशत विरामी ?

Kumari bank ad

काठमाडौं । नेपालमा २४ दशमलव ५ प्रतिशत नेपालालीमा उच्च रक्तचापको समस्या पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको र उनीहरुले रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेको पाइएको छ ।

परिषद्ले हालै सार्वजनिक गरेको अनुसन्धानको तथ्यांकका अनुसार उच्च रक्तचापको समस्या भएर औषधि खाइरहेकामा महिलामा भन्दा पुरुषमा बढी देखिएको छ ।

२९ दशमलव ८ प्रतिशत पुरुष र १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेका छन । उच्च रक्तचापको समस्यामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाउँछ ।

गण्डकी प्रदेशमा २९ दशमलव ९ प्रतिशतमा उच्च रक्तचापका बिरामीहरु छन । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छन् । सुदूरपश्चिम प्रदेशमा २१ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ ।

कुन प्रदेशमा कति प्रतिशत विरामी ?

गण्डकी प्रदेशः २९ दशमलव ९ प्रतिशत,
प्रदेश ५ : २८ दशमलव २ प्रतिशत
प्रदेश ३ :२५ दशमलव २ प्रतिशत
प्रदेश १ः २६ दशमलव ६ प्रतिशत
कर्णाली प्रदेशः २१ दशमलव ४ प्रतिशत
सुदूरपश्चिम प्रदेश : २१ प्रतिशत
प्रदेश २ः १८ दशमलव ७ प्रतिशत ।

परिषद्ले यो अध्ययन फेब्रुअरी देखि मे सम्ममा गरेको हो । परिषद्ले नसर्ने रोगको जोखिम तत्वको रुपमा चिनिने उच्च रक्तचापको तथ्यांक निकाल्न ७ वटै प्रदेशका ५ हजार ५ सय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो ।

परिषद्ले सर्वेक्षणमा सहभागि भएकाहरुको उच्च रक्तचापको अवस्था पत्ता लगाउन उचाइ, तौल र रक्तचापको मापन गरेको थियो ।

परिषद्ले गरेको अनुसन्धानमा एसबिपि १ सय ४० भन्दा माथि भएको र डिविपि ९० भन्दा माथि भएको अवस्थामा उच्च रक्तचाप भएको जनाएको छ ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...