काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।
सिभिल बैंकले वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टरस्थित मुख्य शाखामा मंगलबार वार्षिकोत्सवको दिनदेखि एक महिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रम गरेको छ ।
बैंकका ३६ शाखाहरुमार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनोट गरी छात्रवृति प्रदान गर्ने भएको छ ।
त्यस्तै व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टबिन प्रदान गरिएकोसमेत जनाइएको छ ।
२०७६ मंसिर ११ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ११ बुधवार १४:०६ मा प्रकाशित