back
NMB ad

सेयर बजारमा देखियो चमक, यस्तो छ आजको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजारमा बुधबार चमक देखिएको छ । नेप्से सूचकमा लामो समयपछि ८.३० अंकको वृद्धि देखिएको हो । धितोपत्र बोर्डले पुँजी बजार सुधारका काम द्रुृत गतिमा अघि बढिरहेको विज्ञप्ति सार्वजनिक गरेपछि लगानीकर्तामा केही आत्मबल बढेको देखिन्छ ।

सरकार, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड लगायत नियामक निकायहरुको गतिविधिले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
विगतमा पनि अर्थमन्त्रीको बोलीकै भरमा पनि सेयर बजारमा उतारचढाव आउने गरेको थियो ।

बुधबारको बजार वृद्धिलाई धितोपत्र बोर्डको सकारात्मक विज्ञप्तिसँग पनि कतिपयले जोडेर हेरेका छन् । यद्दपि, यस वृद्धिको दिगोपनका लागि भने केही दिनको कारोबार हेर्न धैर्य गर्नुपर्ने हुन्छ ।

सूचकमा चमक आए पनि कारोबार रकम अझै सुस्त छ । ११०२ विन्दुमा पुगेपछि नेप्से फर्किएको हो । बजार बढ्ने आशामा लामो समयदेखि बसिरहेका लगानीकर्तालाई यसले केही राहत दिएको छ ।

नेप्से सूचक बुधबार ८.३० अंकले बढेर १११७.४६ विन्दुमा आइपुगेको छ । १६५ कम्पनीको २१ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

७ लाख ३८ हजार ४४६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामा व्यपारिकबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह ४.९३ अंकले माथि लागेको छ ।

कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । यसको २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रिडी हाइड्रोपावरका लगानीकर्ताले १०५ का दरले कमाएका छन् । यसको मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै ६.९२५ का दरले गुमाएका छन् ।

२०७६ मंसिर ११ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ११ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...