back
NMB ad

ओलीलाई मिर्गाैला दिन २ जना तयार, शल्यक्रियाले धकेलियो प्रत्यारोपण

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन ।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गाैला दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गाैला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताइन । ‘मिति तथ भएको छैन मिर्गाैला दिनका लागि दुई जना आफन्त तयार हुनुहुन्छ’ डा. शाहले भनिन्। ’अहिलेको शल्यक्रियाका कारण मिर्गौला प्रत्यारोपण धकेलिएको छ।’

मिर्गाैला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो नलागेको उनले जानकारी दिइन्। अहिले नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएकाले नेपालमै गर्नबारे पनि छलफल चलेको डा. शाहले बताइन्।

उपनिर्वाचन लगतै मिर्गाैला प्रत्यारोपण गर्ने तयारीसहित परामर्श भइरहेको थियो। मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा अकस्मात एपेन्डिसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले दोस्रो पटक मिर्गौला प्रत्यारोण गर्न लागेकाले निकै जटिल भएको र यस कुरामा आफूहरु संवेदनशील रहेको बताए। ’प्रधानमन्त्री जस्तो व्यक्तिको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने काम जटिल र गम्भीर विषय हो यसमा सुझबुझपूर्ण निर्णय गरिने छ’ डा. सायमीले भने।

दुवै मिर्गाैला फेल भएपछि २०६४ सालमा ६ भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो समय उनलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दिएकी थिइन्।

प्रत्यारोपण गरिएको मिर्गाैलाले पनि काम गर्न छाडेपछि ५औं पटक डायलासिस गराइसकेका छन्। (अन्नपूर्ण पोष्टबाट)

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १३:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...