back
NMB ad

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, ग्यासकाे भने यथावत

Kumari bank ad

काठमाडौं । सोमबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ मंसिरदेखि नयाँ मूल्य पठाएसँगै मूल्य समायोजन गरेको नेपाल आयल निमगले जनाएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपाल आयल निगमले पनि पेट्रोल, डिजल र मट्टितेलमा साविकको मूल्यमा प्रति लिटर २ रूपैयाँ वृद्धि गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ९ रूपैयाँ (काठमाडौंमा) कायम गरिएको छ । यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ कायम गरिएको छ ।

आयल निगमले हवाई इन्धन तथा एल.पी. ग्यासको मूल्य भने यथावत कायम राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि हाललाई हवाई इन्धन र ग्यासको मूल्य यथावत नै राखिएको आयल निगमले जनाएको छ ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...