back
NMB ad

आधा दर्जन सञ्चालकका लागि एनएमबी बैंकमा निर्वाचन हुने, ३५% लाभांस दिने

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ ।

संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो ।सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांस पेश गरिने छ ।

गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांस र जगेडा कोषबाट २१ प्रतिशत बोनस शेयर पारित हुने बैंकले जनाएको छ ।शेयरधनीहरूले १ अर्ब ६१ करोड रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। २१ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ ।

साधारणसभा प्रयोजनका लागि पुस ४ देखि २४ गतेसम्म बुक क्लोज हुनेछ । पुस ३ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस शेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्नेछ । जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो ।

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...