back
NMB ad

आईएमई जनरल इन्स्योरेन्स ‘एसियाज मोस्ट ट्रस्टिड कम्पनी’ अवार्डबाट सम्मानित

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कोर्पोरेसन(आईबीसी) ले एसियाज मोस्ट ट्रस्टिड कम्पनी अवार्डबाट सम्मानित गरेको छ ।

बुधबार थाइल्याण्डको बैंककमा भएको एक कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ–आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान र्पुयाउनु हुने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगतलगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको उहाँले बताउनुभयो ।

नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

साथै एसियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेको त्यस कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्षभरि नै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले नेपालको भ्रमण गर्न अनुरोध गर्दै स्वागत गर्नसम्पूर्ण नेपालीहरु आतुर रहेको जानकारी दिनुभयो ।

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...