back
NMB ad

कस्तो बन्यो राष्ट्रिय शिक्षा नीति ? (पूर्णपाठ सहित)

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेका छन।

मन्त्रिपरिषद् बैठकले कात्तिक १८ गते नै पारित गरेपनि मन्त्रालयले बुधबार मात्रै यो नीति सार्वजनिक जानकारीमा ल्याएको हो। शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक भएसँगै अब प्रदेश र पालिका सरकारलाई पनि शिक्षा नीति बनाउन सघाउ पुग्नेछ।

शिक्षा नीतिमार्फत मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिक तर्फको १२ हजार ७ सय २५ कायम गरेको छ ।

त्यस्तै साविकको उच्च माध्यमिक तर्फको दरवन्दी २ हजार तोकेको छ। प्राथमिक तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत कोटा ९ हजार ६ सय ९ र माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ छुट्याइएको छ ।

त्यस्तै उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा ४ हजार र्पुयाइएको मन्त्रालयले जनाएको छ। १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुनेछन ।

त्यस्तै १४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्ला भित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुने छ। स्थानीय तहभित्रको शिक्षकको राहत तथा अनुदानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको किताब पनि सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षाको दुरदृष्टि, लक्ष्य, उद्देश्य र रणनीतिहरूको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीति ल्याइएको बताए ।

सार्वजनिक गरिएको शिक्षा नीतिमा समावेस गरिएका कतिपय विषयहरु प्रदेश र स्थानीय तहबाट समेत कार्यान्वयन गर्नुपर्ने भएकाले आफ्नो आवश्यकताअनुसार नीति प्रतिकूल नहुने गरी आफ्नै रणनीति, कार्यनीति र कार्यक्रम लागू गर्न सक्ने बताए ।

८० पृष्ठ लामो उक्त नीतिमा प्रारम्भिक बालविकास तथा शिक्षा, अनिवार्य तथा निःशुलक आधारमूत शिक्षा, मध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, उच्च शिक्षा, समावेशी र विशेष शिक्ष, शैक्षिक शुशासन र जनशक्ति व्यवस्थापन, निजी साझेदारी र सामुदायिक एवं सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण, शिक्षामा गुणस्तर, लगानी, विज्ञान तथा प्रविधि, लगायतका विषयलाई शिक्षा नीतिमा व्यवस्था गरिएको छ ।

संघीय, प्रदेश र स्थानीय तहको जिम्मेवारीका विषयमा समेत शिक्षा नीतिमा उल्लेख गरिएको छ । शिक्षा नीतिमा संघीय प्रदेश र स्थनीय सरकारले पनि आफ्नो स्रोत व्यवस्था गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै शिक्षा क्षेत्रमा आउने वैदेशिक सहायताको परिचालन एकद्धार प्रणालीबाट गर्ने समेत उल्लेख गरिएको छ। त्यस्तै, ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को कार्यान्वयनको समग्र स्थितिको वार्षिक तथा आवधिक मूल्यांकन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने छ।

हेर्नुहोस् शिक्षा नीतिको पूर्णपाठ :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/Education_Policy.pdf”]

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:५० मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...