back
NMB ad

३४% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नविल बैंकको एजिएम पुस २२ गते

Kumari bank ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३४% लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकको ३५ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।

साथै, सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।

हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...