back
NMB ad

फेरि बढ्यो बैंकका कर्मचारीको तलव, कति वृद्धि ? अन्य क्षेत्रको कति ?

Kumari bank ad

काठमाडौं । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव सबैभन्दा धेरैले बढेको छ ।

नेपाल राष्ट्र बैंकले तयार गरेको ‘स्यालरी इन्डेक्स’अनुसार यस आर्थिक वर्षको यस आर्थिक वर्षको असोज मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव २५ प्रतिशतले बढेको छ ।

गत वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आधार तलव सूचक ५२९ रहेकोमा यस वर्षको असोज मसान्तसम्म ६६३ पुगेको छ । सन् २००४र०५ मा आधार दर १ सय कायम गरी राष्ट्र बैंकले स्यालरी इन्डेक्स सार्वजनिक गर्दै आएको छ ।

राष्ट्र बैंकले प्रत्येक वर्षको त्रैमासमा विभिन्न समूहको तलव तथा ज्याला वृद्धिदरको सूचक सार्वजनिक गर्ने गरेको छ । जसअनुसार निजामति सेवा, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, सेना तथा पुलिस, शिक्षक र निजी क्षेत्र गरी ६ किसिमले वर्गीकरण गरी सूचक तयार गरिँदै आएको छ ।

यीमध्ये प्रहरी तथा सुरक्षाकर्मीको तलव भने जम्मा ८.९९ प्रतिशतले मात्रै बढेको छ। निजामति कर्मचारीको तलव १९. २३ प्रतिशतले मात्रै बढेको छ।

सार्वजनिक संस्थानका कर्मचारीको तलव १८. ३७ प्रतिशतले बढेको छ। शिक्षकहरुको तलव १०. ५५ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलव १७. २३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

औद्योगिक क्षेत्रमा काम गर्नेको ज्यालादरको वृद्धि उच्च

त्यस्तै ज्यालादर तर्फ औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको ज्याला वृद्धि सबैभन्दा उच्च छ। एक वर्षको अवधिमा ति कामदारको ज्याला १४. ८७ प्रतिशतले बढेको छ ।

औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको ज्यालादर १८ प्रतिशतले बढ्दा अदक्ष जनशक्तिको ज्यालादर १० प्रतिशतले मात्रै बढेको छ ।

निर्माण क्षेत्रमा काम गर्ने कामदारको ज्यालादरमा सबैभन्दा न्यून वृद्धि देखिएको छ। ति कामदारको ज्याला एक वर्षमा ८.४३ प्रतिशतले मात्रै बढेको छ ।

त्यसमा पनि पुरुष कामदारको ज्यालादर १०. ५५ प्रतिशतले बढ्दा महिला कामदारको ज्यालादर ४. ३८ प्रतिशतले मात्रै बढेको छ ।

कृषि क्षेत्रमा काम गर्नेको ज्यालादर १०. ७८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। राष्ट्र बैंकले कृषि, औद्योगिक र निर्माण गरी तीन क्षेत्रका कामदारको ज्यालादरको सूचक निकाल्दै आएको छ ।(सेतोपाटीबाट)

National Salary and Wage Rate Index
(2004/05=100)
Mid-Month
S.N.Groups/Sub-groupsWeight %2017/182018/192019/20PPercent Change
Sep/OctAug/SepSep/OctAug/SepSep/Oct5 over 35 over 4
12345
Overall Index100.0441.1474.8479.6536.05537.5112.070.27
1Salary Index27.0368.6393.1393.1446.40446.4013.560.00
Officers9.8339.6367.0367.0425.36425.4015.910.01
Non Officers17.2385.1408.0408.0458.37458.4012.350.01
1.1Civil Service2.8423.2454.4454.4541.80541.8019.230.00
Officers0.3350.7358.8358.8421.45421.5017.470.01
Non Officers2.5432.0466.0466.0556.41556.4019.400.00
1.2Public Corporations1.1353.1373.5373.5441.43442.1018.370.15
Officers0.2297.2310.5310.5392.15393.6026.760.37
Non Officers1.0364.2386.0386.0451.29451.8017.050.11
1.3Bank & Financial Institutions0.6523.2529.2529.2663.85663.8025.43-0.01
Officers0.1407.5414.6414.6481.55481.5016.14-0.01
Non Officers0.5549.7555.5555.5705.58705.6027.020.00
1.4Army  & Police Forces4.0410.8443.9443.9483.76483.808.990.01
Officers0.2322.6337.0337.0382.61382.6013.530.00
Non Officers3.8414.8448.8448.8488.30488.308.800.00
1.5Education10.6383.4422.7422.7467.34467.3010.55-0.01
Officers6.8354.6392.9392.9452.54452.5015.17-0.01
Non Officers3.8435.5476.7476.7494.17494.203.670.01
1.6Private Institutions7.9299.4299.4299.4350.97351.0017.230.01
Officers2.2293.9293.9293.9346.35346.4017.860.01
Non Officers5.7301.5301.5301.5352.79352.8017.010.00
2Wage Rate Index73.0467.9505.0511.5569.16571.2011.670.36
2.1Agricultural Labourer39.5528.0582.0590.7654.36654.4010.780.01
Male20.5506.1556.9565.0633.10633.1012.050.00
Female19.0551.7609.1618.5677.30677.309.510.00
2.2Industrial Labourer25.3390.9402.1405.6460.11465.9014.871.26
High Skilled6.3359.3372.1375.6440.49445.2018.531.07
Skilled6.3372.1379.8383.8437.66444.1015.711.47
Semi Skilled6.3365.7382.3386.2441.42447.5015.871.38
Unskilled6.3466.3473.9476.7520.80526.7010.491.13
2.3Construction Labourer8.3416.1451.3456.8495.30495.308.430.00
Mason2.8388.1419.1422.4460.13460.108.93-0.01
Skilled1.4380.5410.3414.3452.00452.009.100.00
Unskilled1.4395.7428.0430.6468.27468.308.760.01
Carpenter2.8379.5404.8409.7447.81447.809.300.00
Skilled1.4371.0393.0400.4433.12433.108.170.00
Unskilled1.4387.9416.6419.1462.49462.5010.360.00
Worker2.8480.6529.9538.0577.75577.807.400.01
Male1.4467.9518.1526.1581.64581.6010.55-0.01
Female1.4493.2541.6549.8573.89573.904.380.00

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १५:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...