back
NMB ad

नेप्सेमा ७६ करोड ७८ लाख कित्ता सेयर थप

Kumari bank ad

काठमाडौ । पाँच महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ७७ करोड कित्ता सेयर थप भएका छन् ।

दोस्रो बजारमा सेयर कारोबारका लागि ७६ करोड ७८ लाख ९९ हजार २१४ दशमलव ४ कित्ता सेयर सूचीकृत भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा नेप्सेमा करिब ७७ करोड कित्ता थप भइरहँदा सेयर बजार परिसूचक नेप्सेसमेत १२७४ को बिन्दुबाट ११५५ को बिन्दुमा झरेको छ ।

लगानीकर्ताले सेयरको फ्लो बढी भएकै कारण पनि बजार घटिरहेको छ भन्ने आँकलन गरिरहँदा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली भने सेयर थप हुँदा बजारमा यसको नकारात्मक प्रभाव भने नपरेको बताउँछन् ।

उनले भने, ‘सप्लाईबढ्ने बित्तिकै बजार घट्ने नियम नै हो तर यहाँ सेयर थप भएकै कारण बजार घटेको छ भन्न मिल्दैन ।
बजार यी सेयर थप हुनुअघि नै ११ सय देखि १२ सयको रेसियोमा थियो र अहिले पनि त्यही रेसियोमा छ ।’

पछिल्ला पाँच महिनामा आईपीओ, बोनस सेयर, हकप्रद सेयर, ऋणपत्र र म्युचुअल फन्ड गरेर ७६ करोड ७८ लाख बढी कित्ता सेयर नेप्सेमा थप भएको छ ।

जसमध्ये आईपीओ ४२ करोड ११ लाख ६९ हजार ९६६ कित्ता, बोनस सेयर ९ करोड ७६ लाख ९१ हजार ७८८ कित्ता, हकप्रद सेयर २ करोड १२ लाख ९५ हजार ३५० कित्ता, मर्जरपछिका ४ करोड ४२ लाख ४२ हजार ११० कित्ता, म्युचुअल फन्ड १८ करोड १० लाख कित्ता र २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।

अधिकांश भने बोनस सेयर सूचीकृत भएका छन् । चालू आर्थिक वर्ष सुरु भएदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको नेप्सेको रिपोर्टले देखाउँछ ।

आर्थिक वर्ष सुरु भएकै दिन १ हजार २७४ दशमलव ८६ को बिन्दुमा रहेको बजार मंसिर दोस्रो सातातिर चालू आर्थिक वर्षकै न्यून ११ सय ९ को बिन्दुमा पुगेको देखिन्छ ।

यद्यपि, मंसिर तेस्रो र चौथो साता बजार सकारात्मक रहँदै पछिल्लो समय नेप्सेमा १ हजार १५५ को रेसियोमा कारोबार भइरहेको छ ।

लगानीकर्ताले विभिन्न आधारभूत र प्राविधिक पाटोमा अनुमान तथा विश्लेषण मात्र गर्ने हुन् । यसर्थ, आम लगानीकर्ताले वित्तीय अवस्था, कम्पनीको समग्र पक्ष, व्यवसाय विस्तारको सम्भावनासहित अन्य महत्वपूर्ण सूचक हेरेर दीर्घकालीन हिसाबले लगानी गर्ने गर्छन् ।

सूचीकृत कम्पनीको पछिल्ला वित्तीय सूचक औसतमा राम्रो देखिएका छन् । सेयर लगानीकर्ताका लागि बढी महत्व राख्ने रिजर्भ, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थलगायत सूचकमा पनि सुधार देखिन्छ ।

बजारले भने ओरालो यात्रा तय गरेको पाँच महिना मात्रै नभएर ४० महिनाभन्दा लामो बियरिस प्रवृत्ति पनि पूरा गरिसकेको छ ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार ०८:५६ मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...