back
NMB ad

शिक्षक लाईसेन्सको कापी परिक्षण शुरु, कहिले आउँछ नतिजा ?

Kumari bank ad

काठमाडौं । गत असोजमा लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरु भएको छ ।

पहिलो चरणमा माध्यमिक तहबाट परीक्षणको काम शुरु गरेको शिक्षक सेवा आयोगले जनाएको छ । निमावि र प्राविको कापी कोडिङ्को चरणमा रहेकाले केही दिन लाग्ने जनाईएको छ ।

काठमाडौंको कालिमाटि स्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा केन्द्रमा उक्त परीक्षणको काम शुरु गरिएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

यसका लागि ६० जना परीक्षक सहभागी गराईएको उनले बताए । परीक्षकहरुलाई आयोगले मंगलबार ओरेण्टेशन गरेको थियो ।

’सकिएको काम अघि बढाउँदै बाँकी काम पनि संगसँगै गर्ने गरी कार्यतालिका बनाएका हौं’ अर्यालले भने ’एकातिर परीक्षण चल्दै गर्छ अर्का्तिर कोडिङ्को पनि काम जारी रहन्छ, एक साता पछि अरु केही केन्द्र थप गरेर कापी परीक्षण गर्ने योजना छ ।’

सबै कापी परीक्षण गर्ने बेला सम्म २ सय जना परीक्षकले एकैपटक परीक्षण गर्ने उनले बताए । लामो समयको अन्तरालपछि खुलेको लाईसेन्स परीक्षा अन्र्तगत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गरेको थियो ।

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन् ।

माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा आयोगले परीक्षा सञ्चालन गरेको थियो ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १६:४७ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...