back
NMB ad

बहुप्रविधिक महाविद्यालय निर्माणमा मुख्यमन्त्रीको चासो

Kumari bank ad

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् ।

कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय प्रदेशको समृद्धि र विकास निर्माणका काममा विशेष चासोका साथ लाग्नु हुन्छ ।

प्रदेशको समृद्धिसंग हरेक कुरालाई जोड्ने मुख्यमन्त्री पौडेलको अहिले विशेष ध्यान हेटौंडा–६ गौरीटारमा निर्माण भईरहेको बहुप्राविधिक महाविद्यालयमा केन्द्रित रहेको छ ।

आफु हेटौंडा नगरपालिकाको मेयर हुँदा निर्माणको प्रकृया सुरु भएको महा विद्यालयले अहिले उहाँ मुख्यमन्त्री भएपछि अर्थात करीब २ दशक पछि मुर्तता पाउँदै छ, त्यसैले पनि उहाँले यो योजनालाई विशेष प्राथमिक्ता दिनुभएको छ ।

प्रदेशको विकास र समृद्धि आफ्नो सपना भएको बताउने मुख्यमन्त्री पोडेलले दिन प्रतिदिन विकास निर्माणका कार्यहरुलाई प्राथमिकता दिने गर्नुभएको छ ।

संविधान त मानिसको गास, वास, कपास, रोजगारी लगायतका अधिकारलाई स्थापीत गराउन उहाँको अहिलेको सपना नै रहेको छ ।

दिनहुँ जस्तो विकास निर्माण जसमा गरिव जनताको हितमा वकालत गर्दै अघि बढ्ने मुख्यमन्त्री पौडेलले प्राविधिक महाविद्यालयको निर्माण सम्पन्नतासँगै आम गरिव नेपाली युवाहरुले अध्ययनको शिलशिलामा लाखौं खर्च गरि अध्ययनको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ ।

२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको उक्त महाविद्यालय गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । उहाँले महाविद्यालय निर्माण प्रकृयामा कुनैपनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त समेत गर्नुभएको छ ।

बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वा छन । जसले प्रदेशमा आवश्यक प्राविधिक तथा देशकैलागि समेत दक्ष जनशक्ति उत्पादन हुने उहाँको विश्वास छ । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको उहाँ बताउनुहुन्छ । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जीवन उपयोगी हुने उहाँको भनाई छ ।

प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ ।

भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।

जिल्ला भित्र रहँदा जिल्लामा संचालित योजनाको अनुगमन प्रगतिको विवरण बुझ्न अधिक समय योजना स्थलमै पुग्ने मुख्यमन्त्री पौडेले अन्य जिल्लामा रहदाँ स्थानीय तहसंग छलफल गर्नुका साथै योजनाहरुको प्रगति बुझ्न योजना स्थलमै पुग्नु हुन्छ ।

उहाँ किशानको घरगोठ देखि खेतबारी सम्म पुग्नु भ्याउनु हुन्छ । अनि कृषकलाई परेका समस्या बुझ्ने र समाधान गर्ने तर्फ अग्रसर बन्नुहुन्छ । प्रदेशमा आधुनिक कृषी प्रणालीको विकास र विस्तार गर्न किसानको गोठ गोठमा पुगी जनताको गुनासो, आवश्यकता र वाध्यतालाई प्रत्यक्ष रुपमा अध्ययन गर्नु उहाँको अर्को दैनिकी जस्तै रहेको छ ।

प्रदेशको समृद्धि कृषि र पर्यटनले मात्र सम्भव रहेको भन्दै प्रदेशका योजनाहरु पनि सोहि अनुसार बनाईएको छ । ३ नम्बर प्रदेश सरकारले पर्यटन र कृषिलाई नै विशेष प्राथमिक्ता साथ योजनाहरु निर्माण गरेर कार्यान्वयन गरि रहेको पनि छ ।

प्रदेशको मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेर पनि उहाँ सादा जिवन यापन गर्नु हुन्छ जुन अन्य नेता तथा मन्त्रीहरुले उहाँबाट सिक्नु पर्ने पाठ हो ।

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:५६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...