back
NMB ad

नेप्सेले गर्यो दुई वाणिज्य बैंक सहित ४ कम्पनीको सेयर मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । दुई वाणिज्य बैंक सहित ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज (पुस ४ गते) बुक क्लोज भएका कम्पनीको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्यलाई आधार मानेर यी कम्पनीको आइतबार सेयर कारोबार खुला हुनेछ । जस अनुसार एभरेष्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछिको समायोजित मूल्य ५४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

पुस २३ साधारण सभा बोलाएको यस बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको छ । बिहीबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन ।

एभरेष्टले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । साधारण सभा, लैनचौर ब्यांकेट, लैनचौरमा बिहान ११ बजे सुरु हुनेछ ।

यता, एनएमबि बैंकको पनि २१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य नेप्सेले ३३२ रुपैयाँ २३ पैसा तोकेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि शुक्रबारदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । एनएमबिको साधारण सभा पुस २४ गते हुँदैछ ।

सभामा बैंकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसमा २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश हुनेछ । सभा, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यस्तै, पोखरा फाइनान्सको ७ प्रतिशत बोनस सेयरमा मूल्य नेप्सेले १३७ रुपैयाँ ३८ पैसा समायोजित भाउ तोकेको छ । यस फाइनान्सले साधारण सभा प्रयोजनका लागि शुक्रबार (पुस ४ गते) देखि पुस १८ गतेसम्म बुक क्लोज गरेको छ ।

यसले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.२० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा, पुस १८ गते दरबारथोक ब्यांकेट, बाँस्तोलाथर, पोखरा कास्कीमा बिहान ९ बजे सुरु हुनेछ ।

यता, इन्फिनिटी लघुवित्तको पनि १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले ५१९ रुपैयाँ ०९ पैसा समायोजित मूल्य तोकेको छ ।

यसले साधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि बुक क्लोज गरेको छ । इन्फिनिटीले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

इन्फिनिटीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद वितरण गर्न लागेको हो । साधारण सभा, सहमति (संस्था) विजयचोक, गैडाकोट, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...